कैलास सिरोहियाले सोल्टी होटेलमा एउटी युवती माथि हातपात गरेको कति सत्य ?


काठमाडौं । कान्तिपुर मिडिया ग्रुप(केएमजी)का मालिक कैलास सिरोहियाले सोल्टी होटेलमा एउटी युवती माथि हातपात गरेको विषयमा टुईट गर्दै भनेका छन्:
मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ। यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णत: कपोलकल्पित र भ्रामक कुरा हो।यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजवीन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको । ‘

तल पढ्नुहोस टुईट।


अब प्रश्न जन्मिन्छ के यो साच्चै अफवाह फैलाउने हिसाबले सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएको हो ? बरिष्ट पत्रकार किशोर नेपाल टुईटमा लेख्छन:
कैलाश सिराेहियाका बिरूध्दमा अहिले बजारमा चलेका हल्ला प्रायाेजित हुन । कैलाशसंग घाँटी जाेडेर हिंडनुपर्ने पत्रकार पनि हाेइन म । तर, मलाइ राम्ररी थाहछ याे स्वतन्त्र मिडियाकाे बिपक्षमा प्रम अाेलीकाे सचिवालयले रचेकाे षडयन्त्र हाे । यसलाई हल्लाकाे बिषय बनाउनु नादानी हाे ।’


अनि फेरी आफैले टुईट गरेको कुरालाई उद्दगार गर्दै फेरी लेख्छन:
‘किशाेर श्रेष्ठ जस्ताे कम्युनिष्ट पत्रकारलाई अकारण प्रेस काउन्सिलबाट घाेक्र्याउन सक्नेले कैलाश सिराेहियालाई बाँकी राख्ला ? केहल्ला गर्छाै छुस‌ी अरिंगालहरू !’


के उसोभए सत्य त्यहि हो कान्तिपुर मिडिया ग्रुप(केएमजी)का मालिक कैलास सिरोहियाले टुईट गरे जस्तो वा किशोर नेपालले भने जस्तो ?

यी प्रश्नको उतर दिन त्यति सजिलो छैन जब यस्ता समाचारहरुमा शक्ति, पैसा र यौन जोडिएर आउँछ।

उनीहरुले नै टुईट गरेका स्टाटसमा असहमति जनाउदै प्रतिक्रिया दिनेहरु यसरि दिन्छन।

कान्तिपुरका मालिक कैलास सिरोहियाले सोल्टी होटेलमा एउटी युवती माथि हातपात गरेको कति सत्य हो ?

पहिला कीशोर नेपालको टुईटमा प्रतिक्रिया दिनेहरुको कुरा गरौ। नारायण आचार्य प्रतिक्रियामा लेख्छन, ‘कैलाश सिरोहियाको वचाउमा मरिहत्ते गरिरहेका वरिष्ठ पत्रकार किशोर नेपाल कतै सिरोहियासंगै स्त्रीलम्पट त थिएनन् ? अन्यथा यस काण्डले कैलाशकोभन्दा वढी यिनको नीद हराम कसरी भयो ?’। त्यसैगरी अञ्जना लेख्छिन कवितात्मक शैलीमा यसरि र उनि किशोर नेपालाई नै प्रश्न गर्छिन:
‘प्रायाेजित हल्ला हुन भन्नु भो, किन?
-धनी,शक्तिशाली हुन त्यसैले?ठुला मान्छे,ठुलो होटल त्यसैले?

तपाईंलाई सरकार मन परेन त्यसैले?

तपाईंलाई सिरोहिया मनपर्छ भनेर?

कि ठुलाले चै थुतुनु र मुतुनु चलाऊन पाउनुपर्छ भनेर?
हैन भने आरोप लागिसकेपछी छानबिन होस् भनेर किन भन्नुहुन्न?’

बाहुन केटो लेख्छन,’हाम्लाई त सिरोहिया टोपी सम्मै डुबेको आज भन्दा ७/८ बर्ष पहिले बाटै थाहा थियो तर तपाईहरु जस्ता भक्तले लुकाई राखेर चोखिएका हुन । अब त तपाईको क्षमताले नभ्याउने भयो।’

त्यसैगरी कैलाश सिरोहियाको टुईटमा उनको बचाउ नगरिकनै प्रतिक्रिया दिनेहरु यसरि दिन्छन। किशोर सुबेदी लेख्छन, ‘हाेईन आराेप लागेसी सत्यनै हाे । त्यसै कसरी आराेप लाग्छ! याे त पावरकाे आधारमा सरासर उन्मुक्ति दिने कुरा हुदैछ । हिजाे यस्तै केहि समाचार पढेकाे थिए “गाेकुल बाष्काेटाकाे” बाेरेमा … अनि आराेप आफ्नाे काेल्टामा पर्दा मनगढन्ते हुने अरूकाे काेल्टामा पर्दा उन्मुक्ति दिने प्रयास ??’ त्यसैगरी बिष्णु बाँस्तोला लेख्छन, ‘आगोले आफुलाइ पोल्दा कस्तो अनुभूती हुने रछ? अब एक छिन घोत्लिनुस तपाईंको संचार संस्था बाट पीडितले कस्तो अनुभूति गरिरहेका होलान?’

यसरि एक किसिमले हेर्दा क्रिया प्रतिक्रियामा एक अर्काको कुण्ठा फुकाउने अवसर मिलेजस्तो देखिन्छ भन्ने अर्को किसिमले हेर्दा त्यहाँ भएका सबै प्रतिक्रियाहरु भेला गरेर कोडीङ्ग गर्ने र एउटा सार निकाल्ने हो भने उनीहरुका केहि कर्तुत लुकेर बसेका छन् कि जस्तो पनि देखिन्छ। अब यसमा कति सत्य छ वा छैन त्यो हेर्दै जाने कुरा हो।

नागरिक पत्रिकाका अनुसार होटलको व्यवस्थापन पक्षले उनि माथि लगाएको आरोपको खण्डन गर्दै आधारहीन भनेको छ ।

होटल सोल्टीको ९२८ नम्बर कोठमा शर्मिला नाम गरेकी युवतीसँग सिरोहियाले असामाजिक क्रियाकलाप गरेको भन्दै प्रहरीसंग उजुरी गर्दा प्रहरीले समेत त्यो उजुरी लिन नमानेको भन्ने हल्ला पनि एकातिर आयो भने, पढ्नुहोस सिधाकुराले के लेखेको छ यहाँ।

अर्कोतिर हल्ला भाइरल बनेपछि प्रहरीले होटल सोल्टी र आसपासका सिसिटिभी फुटेज संकलन गरेर हेर्दा त्यस्तो संकेत नमिलेको भन्ने हल्ला पनि आयो ।

फेरी पनि सत्य के हो ? के सिरोहियाको पद र पैसासँग पुलिस डराएर उजुरी लिन नमानेको हो वा किशोर नेपालले भनेजस्तो कान्तिपुर मिडियालाई नै बदनाम गर्न यो षडयन्त्र रचिएको हो ? यसको छानबिन हुन् अत्यन्तै जरुरि देखिन्छ।

तर फेरी अनेरास्ववियूका नेता आरसी लामिछानेले भने टुईटमा लेख्छन्, ‘ढिलो आयो, आउन चाहीँ आयो, आउँछ भन्ने कुरामा हामी ढुक्क थियौँ ।’ त्यसैगरी नाम नखुलाउने शर्तमा केहि महिलाबर्गहरु अनुमान लाउछन कि किशोर नेपालले सिरोहियाको पक्षमा सिधै वकालत गर्नुले पनि कतै यी पद र पैसामा भएका मानिसहरुको साच्चै कालो कर्तुत त थिएन।

हल्लाकै कुरा गर्ने हो भने त यस्तो हल्ला पनि बजारमा आईरहेको छ कि सिरोहियाले उक्त युवतीलाई ४ करोड दिएर चुप लाग्न भनेका छन्। यो सत्य हो वा कति भ्रामक छ। यसको पनि खोजि हुनु जरुरि छ।

न यसलाई सत्य हो भन्ने आधार छ, न यसलाई भ्रम नै हो भनेर स्विकार्न सकिने अवस्था छ। हामीले यस्ता काण्ड र घटनाहरु दिन प्रतिदिन सुन्दै, भोग्दै र समाचारमा पढ्दै आएका छौ।

नेपालमै पनि पद र पैसामा भएका पुरुषहरुले कसरि आफ्नो शक्तिको प्रयोग गर्छन भन्ने कुरा कृषिमन्त्री काण्ड होस् या महरा काण्ड त्यो हामीले देखिसकेका छौ। यस्ता घटनाहरु अन्तराष्ट्रिय समाचारमा पनि आएका हुन् चाहे यो मोनिका लेवन्स्कि काण्ड होस् वा जेफ्री ईपिस्टन काण्ड होस्।

अमेरिकाको एक घनाड्य ईपिस्टनले कसरि १ घण्टाको करिब ५०० डलर भन्दा बढि दिएर छानी छानी स्कुले युवतीलाई आफ्नो महलमा मसाज गराउन ल्याउँथियो र उनीहरुलाई असामाजिक सम्बन्धको सिकार बनाउथ्यो। जव मुदा लाग्यो उसले सबै अस्विकार गर्यो तब सम्म जव सम्म त्यो प्रमाणित भएन। अन्तिममा जेलमै उसको आत्महत्या भयो वा कसले मार्यो प्रमाण धेरै खुल्छ भनेर त्यो अहिले सम्म रहस्यमय छ।

आसा गरौ यो एक सोल्टी काण्ड एक भ्रम हो तर यदि सत्य हो भने पैसा र शक्तिले यो छोपछाप नहोस आउँदो उज्जल समाजको भबिस्यको लागि।

समय समाचार टिमको रिपोर्ट , सत्य तथ्य सामग्री तथा लेख रचनाको लागि यो इमेल एड्ड्रेसमा पठाउनुहोला : kripanews59@gmail.com


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope