आर्सनललाई कम्युनिटी शिल्डको उपाधि

१३ भाद्र २०७७, शनिबार २२:३५

एजेन्सी, भदौ १४ । प्रिमियर लिग विजेत लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनलले कम्युनिटी शिल्डको फुटबलको उपाधि जितेको छ ।

वेम्बली रंगशालमा गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समय दुबै टोली एक-एक गोलको बराबरी खेले पछि खेलको निर्णय पेनाल्टीमार्फत लिइएको थियो ।

यस अघि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनलले विम्बलीमा सुरुआती अग्रता लिएको थियो । १२ औं मिनेटमा आबुमियाङले गोल गर्दा आर्सनलले सुरुआती गोल गरेको थियो । पहिलो हाफबाट पछि परेको लिभरपुलले दोस्रो हाफमा आक्रामक खेल देखायो । ७३ औं मिनेटमा लिभपुरका लागि मिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । बाँकी समय थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टीबाट लिइएको हो ।

गएराति निकालेको जितसँगै आर्सनलले १६ औं पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनल खेल्ने गर्छन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.