गुणस्तरहिन डन्डी बिक्रीवितरणमा रोक

१३ भाद्र २०७७, शनिबार २२:४९

काठमाडौं, भदौ १४ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले उत्पादान गर्दै आएको डण्डीको गुणस्तर कमजोर पाइएपछि सरकारले बिक्रीवितरणमा रोक लगाएको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले शुक्रबार कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको १६ एमएमको टिएमटी बार फी ५०० रड बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।

जगदम्बाले डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्रीमा रोक लगाउनुपरेको विभागले जनाएको छ ।

विभागले कम्पनीलाई १५ दिनभित्र थप स्पष्टीकरण पेस गर्न पनि भनेको छ । उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले उक्त परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागले जनाएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.