बालबालिकामा ३ साता पछि लक्ष्यण देखिने

१३ भाद्र २०७७, शनिबार २२:१५

एजेन्सी, भदौ १४ । बालबलिकाको नाकमा कोरोना भाइरस ३ सातासम्म रहने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियामा गरिएको अध्ययनले तीन साता पछिसम्म पनि बालबालिकाको स्वाबमा भाइरस फेला पर्न सक्ने देखाएको हो ।

जसका कारण भाइरस संक्रमण फैलने सम्भावना रहन्छ । यसअघि गरिएको अध्ययनमा भाइरस संक्रमित बालबालिकामा सामान्य वा कुनै पनि लक्षण नदेखिने भएकाले संक्रमण फैलने सम्भावना न्यून रहेको जनाइएको थियो । यद्यपी एन्टीबडी परीक्षणबाट १२ बर्ष मूनिका बालबालिकामा भाइरस संक्रमण हुने सम्भावना बयस्कको तुलनामा कम रहेको देखिएको छ ।

साथै बालबलिकामा संक्रमण भएपनि गम्भिर बिरामी हुने सम्भावना कम रहेको अध्ययनमा संलग्न बैज्ञानिकहरुले बताएका छन् । नयाँ अध्ययनले बालबालिकाबाट संक्रमण कति फैलन सक्छ भन्ने यसअघिको अनुत्तरित प्रश्न सुल्झाउन बाटो देखाएको बीबीसीले उल्लेख गरेको छ । विद्यालय फर्किएपछि पनि सामाजिक दूरी कायम गर्दै बालबालिकाको सरसफाईमा निरन्तरता दिनुपर्नेमा अध्ययनले जोड दिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.