भारी वर्षाकाे सम्भावना, मौसम पूर्वानुमानः यी क्षेत्रमा भारी वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिन?


आज देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको छ। साे क्षेत्रमा आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुराेध गरेकाे छ।

अन्य स्थानमा भने सामान्य बदली रहनेछ। त्यस्तै सोमवार देशभर प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमवार प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

 यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः 

भाद्र१४गते(आइतबार)

दिउँसो :देशभरसामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ।

राती:देशभरसामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश१ कोएक वा दुई स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ।

भाद्र१५गते(सोमबार)

दिउँसो : देशभरसामान्यतया बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र प्रदेश २, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ का एक वा दुई स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ।

राती:प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण बदली र बाँकी प्रदेशमासामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानहरूमा र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमाभारी वर्षाकोसम्भावना रहेको छ।

भाद्र१६गते(मंगलबार)

दिउँसो : देशका अधिकांश भूभागमा पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाकोसम्भावना रहेको छ।


राती:देशभर पूर्ण बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहितहल्का देखि मध्यम वर्षाकोसम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाकोसम्भावना रहेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope