काठमाडौं, भदौ १४ । सिभिल अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारीसरह तलव सुविधा माग गर्दै सोमबार राजधानीमा आन्दोलन गरेका छन् ।

अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आन्दोलन शुरु गरेका हुन । कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका छन् । यस्तै माग पुरा नहुँदा सम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारीले माग राखेका छन् ।

नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति लगायतका माग राखिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारी उपस्थित थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.