काठमाडौं, भदौ १४ । महामारीको रुपमा लिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट सोमबार थप १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनबाट मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन । मृत्यु हुनेका चार महिला र १० पुरुष गरी १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्राध्यापाका डा. गोतमका अनुसार सुनसरीका ७४ वर्षीय, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् । त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

नेपालमा हाल सम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ ।

काठमाडाैं अपडेटः

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.