नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

१४ भाद्र २०७७, आईतवार ०५:१९

काठमाडौं, भदाै १४ । कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको छ।

ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो। भक्तपुरमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।

कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दुधपाटीका ६५ वर्षीय पुरुषको गएराति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए। मृतक मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ।​

ललितपुरस्थित पाटन अस्पतालमा ललितपुर र भैरहवाका एक–एक जना पुरुष र महोत्तरीका एक महिला गरी ३ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो। भैरहवाका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.