मुलपानीलाई दुई स्वर्ण


काठमाडौं, भदौं १४ (नागरिक)– मुलपानी तेक्वान्दो डोजाङल प्रथम काठमाडौं भर्चुअल राष्ट्रियखुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा २ स्वर्ण जितेको छ ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा मुलापानीले २ स्वर्ण जितेको हो । त्यसबाहेक मुलपानीले ३ रजत र २ कांस्य पनि हातपा¥यो । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र चितवनले समान १–१ स्वर्ण जितेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

यु–१२ पुरुष एकल मामुलपानीका भिजन तामाङ पहिलो भए । उनले ६.३३ अंक जोडे । काभ्रेस्थलीका मिराज केसी (६.२३) दोश्रो तथा मुलपानीका रोनिश नगरकोटी(६.१३) र मुलपानीकै ईश्वर पराजुली (६.०३) तेश्रो भए । सोही स्पर्धाको महिलामा विजेश्वरीकी पुर्णिमा बस्नेतले स्वर्ण जितिन् । पुर्णिमाले ६.९३ अंक जोडिन् । मुलपानीकी मेलिना राई (६.५०) ले रजत तथा गोदावरी फिट्नेसकी सर्गम थापा(६.३०) र काभ्रेस्थलीकी सुस्मिता कार्की (६.२०) ले कांस्य हात पारे ।
यु–१५ पुरुष एकलमा कैलालीका अमनकुमार कठारिया ६.२६ अंक सहित शीर्ष स्थानमा रहे । मुलपानीका आयुश ढुंगेल (६.१४) द्वितीय तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ(६.१३) र चन्द्रसूर्यका योग्य राई (६.०६) तृतीय बने । त्यसै स्पर्धाको महिलामा चितवनकी आचल बाज्पईं पहिलो भइन् । आचलले ६.४६ अंकप्राप्त गरिन् । ६.३३ अंकका साथ मुलपानीकी प्रगति कुइकेल दोश्रो भइन् । विजेश्वरीकी प्राप्ति पुन(६.१६)तथा काभ्रेस्थलीकी विनिशा खड्गी(६.१०) ले तेश्रो स्थान हासिल गरे । पुरुष ३१–४० वर्ष उमेर समूहको एकलमा रुपन्देहीका सुरज श्रेष्ठ पहिलो भए । उनले ५.९३ अंक जोडे । मैत्रीका रामचन्द्र व्यञ्जन्कार (५.६६) दोश्रो तथा बागलुङका नन्द विष्ट (५.५६) र योन्सुफका दुर्गामान तामाङ (५.३६) तेश्रो भए । उक्त स्पर्धाको महिलामा मुलपानीकी तृप्ति बुढाथोकीले डाइनामिककी जानकी तामाङलाई पछि पार्दै स्वर्ण चुमिन् । तृप्तिले ५.४३ तथा जानकीले ५.१६ अंक जोडे ।

दुई दिने प्रतियोगितामा १९ टिमका १ सय७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकार दिए । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश छन् । दोश्रो तथा अन्तिम दिन बाँकी ५ स्वर्णको टुंगो लाग्ने छ । अध्यक्ष खड्का सहित मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope