शैक्षिक संस्था, यातायात र हवाई उडान सञ्चालनमा अझै अनिश्चित


काठमाडौं, भदौ १५ । विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण यति बेला विश्वका सबै जसो राष्ट्रहरु बन्दाबन्दीको अवस्थामा रहेका छ ।

कतिपय देशले अन्तर्राष्ट्रिय उडान देखी शैक्षिक संस्थाहरुलाई बन्द गरेको महामारीले विकाराल रुप नलियो भनेर बन्दाबन्दी गरेका छन् ।

आइतबार साझ मन्त्रीपरिषदले नेपालमा पनि यी विषयलाई छलफलको विषय बनायो । जस अन्तर्गत शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर नखुल्ने भएका छन् । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय लिँदा यी विषयमा पनि केही निर्णय लिएको हो । समुदाय स्तरमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय भएको हो ।

त्यसैगरी सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै नखोल्ने निर्णय गरेको छ । हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म र्पुयाएको हो ।

साउन ७ गते लकडाउन खुलेसँगै सरकारले शैक्षिक संस्था खुलाउने तयारी स्वरुप सरकारी शिक्षकहरुलाई विद्यालयमा हाजिर हुन भनेको थियो । तर लकडाउन खुलेसँगै कोरोना भाइरस तीव्र गतिमा फैलिएपछि शैक्षिक संस्था खुल्ने अझै टुंगो छैन । सरकारले साउन ७ गतेदेखि लकडाउन हटाए पनि लामो दूरीका यातायात, शैक्षिक संस्था तथा आन्तरिक र बाह्य हवाई उडान खुलाएको थिएन। कोरोना फैलिएपछि खुला गरिएका अन्य व्यवसाय पनि अहिले बन्द भइसकेका छन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope