काठमाडौं, भदौ १५ । कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश जारी गरेसँग विदेशी श्रमिकको तलब र सेवा सुविधा बढ्ने भएको छ । यस्तै जागिर परिवर्तन गर्न खुकुलो व्यवस्था गरिएको छ ।

२०२२ को विश्वकप फुटबल आयोजक कतारमा विदेशी कामदारले सम्झौता अवधिभित्र रोजगारदाताको अनुमतिबिना जागिर परिवर्तन गर्न नपाउने व्यवस्था थियो । अब श्रमिकले आफ्नो इच्छाअनुसार काम गर्ने ठाउँ र अफिस परिवर्तन गर्न पाउने व्यवस्था मिलेको हो ।

यसका लागि श्रमिकले कम्तिमा १ महिनाअघि लिखित जानकारी भने गराउनु पर्ने प्राब्धान तोकिएको छ । कतारको पछिल्लो यो निर्णयलाई अन्तर्राष्ट्रिय श्रम संगठन ले स्वागत पनि गरेको छ ।

त्यस्तै कतार सरकारले श्रमिकका लागि न्यूनतम ज्याला पनि निर्धारण पनि गरेको छ । अब सबै श्रमिकले १ हजार कतारी रियाल पाउनेछन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.