रुपन्देही, भदाै १५ । कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.