चीनमा कोरोनाका नयाँ संक्रमित बढ्दै

१५ भाद्र २०७७, सोमबार ०५:४४

एजेन्सी, भदौ १५ । कोरोनाको उत्पत्ति भएको देशी चीनमा केही दिनयता फेरी कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएका बताइएको छ ।

चीनको सरकारले कोरोना नियन्त्रणमा आएको बताए पनि घनत्व बढी भएको क्षेत्रमा संक्रमितको संख्या बढिरहेको छ । २४ घन्टायता कोरोना भाइरसका १७ जना नयाँ सङ्क्रमित भेटिएका छन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार चीनमा १७ जना नयाँ सङ्क्रमित भेटिएका छन भने यो २४ घन्टामा यहाँका २४ जना निको भएर घर फर्किएका छन ।

गएकाे २४ घन्टामा देखिएका भनिएका ती १७ जना पनि सबै जना विदेशबाट आएका नागरिक रहेका चीनका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । तर चीनको जनजीवन अहिले सामान्य भइसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.