भारतीय पूर्वराष्ट्रपती प्रणव मुखर्जीको निधन

१५ भाद्र २०७७, सोमबार ०८:५८

एजेन्सी, भदौ १५ । भारतीय सेनाको अस्पतालमा उपचार गराईरहेका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ ।

नयाँ दिल्ली स्थित सेनाको अस्पतालमा उपचारत पूर्व राष्ट्रपति मुखर्जीको सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन् ।
उनका छोराले डाक्टरहरुको अथक प्रयासका बाबजुद आफ्ना पितालाई बचाउन नसकिएको ट्वीटरमा लेखेका छन् ।

यसअघि सोमबार बिहान अस्पताल पछिल्ला दिनमा मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर रहँदै आएको समाचार बाहिरिएका थिए । मुखर्जीको फोक्सोमा संक्रमण देखिएको थियो ।

८४ वर्षीय पूर्व राष्ट्रपति मुखर्जीलाई श्रावण २६ गते कोरोना पुष्टि भएको थियो । उनी आफ्नो मस्तिष्क सम्बन्धि जाँच गराउने क्रममा कोरोना पुष्टि भएको आफैले जानकारी दिएका थिए । मस्तिष्कमा खुन जमेको देखिएपछि उनको मस्तिस्क अप्रेशन गरिएको थियो । उनी २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.