लेखनाथ, भदाै १५ । महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि नेपाल सरकारले अगाडी सारेको सहुलियत दरको कर्जा प्रवाहमा लेखनाथ उद्योग बाणिज्य संघले सहजिकरण गर्ने भएको छ ।
स्वदेशमा नै लगानी मैत्री वातावरण सृजना गर्ने उदेश्यले सरकारले अगाडी सारेको सहुलियत दरको कर्जा योजना अन्तरगत हातमा सिप हुने तर आर्थिक अभावका कारण ब्यवसायिक क्षेत्रमा आउन नसकेका महिलाहरुलाई लक्षित गरि यो योजना अगाडी सारिएको हो ।
योजना अन्तरगत समुहमा आउने महिला उद्यमीहरुले बिना धितो विभिन्न बाणिज्य बैकहरु मार्फत सहुलियत दरमा रु १५ लाख सम्म कर्जा पाउने ब्यवस्था रहेको बैठकमा जानकारी गराउनुभएको थियो ।
लेखनाथ उद्योग बाणिज्य संघ अन्तर्गत गठित महिला उद्यमी परिचालन उप समिति संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले महिलाहरुलाई ब्यवसायी बनाउने उदेश्यका साथ अगाडी सारिएको यस योजनाको भरपुर उपयोग गरि स्वदेशमा नै रोजगारी सृजना गर्नु पर्ने धारणा राख्नुभएको थियो । त्यसैगरि कार्यक्रममा संघका पुर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, निर्वतमान अध्यक्ष कृष्णहरि भण्डारी, बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला र कोषाध्यक्ष जानुका अधिकारी लगायतले महिला उद्यमीह्ररुलाई नेपाल सरकारले उपलव्ध गराउने सहुलित दरको कर्जा योजनामा सहभागी गराई लगानीको अभावमा व्यवसाय गर्न असमर्थ भएका महिला समुदायलाई उत्प्रेरित र लगानी अभावमा व्यवसाय गरिरहेका महिला उद्यमीहरुका लागि थप लगानी हुने हुदा सवैले यस योजनामा सहभागीता जनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com