सुख्खा पहिरोमा परी कालिकोटमा १० को मृत्यु

१५ भाद्र २०७७, सोमबार ०५:०७

काठमाडौं, भदौ १५ । कालिकोेटको तिलागुफा नगरपालिका १ नाग्मा बजारमा आएको सुख्खा पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुगेको छ ।

आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले तीन घर पुरिएका छन् । सरकारले गरेको निषेधाज्ञाका कारण बजार बन्द हुुने भएकोले सबै घरपरिवार घरमै बसेका थिए ।

बिहान ८ बजे खसेको पहिरो पन्छाउन दिन बितेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयतको सक्रियता पहिरो पन्छाएर मृतकको शव निकाल्ने काम भइरहेको छ ।

तिलागुफा नगरपालिकाको नाग्मा बजारमा पहिलो पटक ठूलो पहिरो गएको हो । तल तिला नदिले कटान गरिरहेको र माथिल्लो भागमा पहिरोको उच्च जोखिम छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.