काठमाडौं, भदौ १५ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंले तोलामा ३ सय बढेको जनाएको छ ।
सुन हिजो तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.