काठमाडौं, भदौ १६ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उपत्यकाकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन बनाइने भएको छ ।

यस योजना नर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको छ । मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सहरी विकास मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको जानकारी दिए ।

सरकारले वाह्य उडानको व्यवस्था गर्दा आइसोलेसन बेडको क्षमता हेरेर दैनिक ८ सय यात्रु नबढ्ने गरी प्रबन्ध मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयलाई निर्देशन पनि दिएको छ । तर सार्वजनिक यातायात र आन्तरिक उडान असोज १ गतेसम्मका लागि सारिएको छ ।
विदेशबाट दैनिक ८०० जनाको उद्धार गर्ने सरकारको निर्णय गर्दा बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल चढ्न आउन अनुमति दिने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषदले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा र सहायक रथी अरुणकुमार पालको राजीनामा स्वीकृत गरेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.