काेराेना अपडेडः थपिए १ हजार ६९ संक्रमित, संक्रमितको संख्या ४० हजार नाघ्यो


काठमाडौं, भदाै १६ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ६९ जना संक्रमित थपिएका छन्।

देशका विभिन्‍न ठाउँमा लकडाउन र निषेधाज्ञा जारी रहे पनि संक्रमण समुदायसम्म पुगेको हो। देशका विभिन्‍न १२ जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टायता ३४४ महिला र ७ सय २५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। 

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसबाट नेपालमा पनि संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ। हिजो सम्म पुष्टि भएका ३९ हजार ४६० जना संक्रमितमा आज १ हजार ६९ जना थपिएसँगै कूल संक्रमित संख्या ४० हजार ५२९ पुगेको हो।

नेपालमा २०७६ सालको माघ ९ गते चीनबाट आएका एक जनामा पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसपछि चैतको १० गते फ्रान्सबाट आएकी एक युवतीमा संक्रमण देखिएको थियो। त्यसपछि निरन्तर फैलिँदै गएको संक्रमणले अहिले दैनिक एक हजारको हाराहारीमा संक्रमण देखिन थालेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्मको पीसीआर परीक्षण संख्या ७ लाख ५ हजार ५६० पुगेकाे छ।

त्यस्तै गत २४ घण्टामा ७६८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हालसम्म २२ हजार १७८ जना पूर्ण रूपमा निको भएका छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope