केन्द्रीय कारागारमा कैदीको मृत्यु

१६ भाद्र २०७७, मंगलवार १४:०३

काठमाडौं, भदौ १६ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको मंगलबार कोरोना भारइसबाट मृत्यु भएको छ ।

उनी गम्भीर रोगको बिरामी रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार १० भदौमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । चार दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हाल केन्द्रीय कारागारमा ७ सय जना बिरामी कैदीबन्दी छन । कारागारमा देशभरका कैदीबन्दीको उपचारका लागि अस्पताल छ ।

मंगलबार बिहान थप २ जना कैदीको पनि उपचारका क्रममा मृत्यु भएको छ । तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.