कोको युएस ओपनको पहिलो चरणमै स्तब्ध

१६ भाद्र २०७७, मंगलवार ०६:५५

एजेन्सी, भदाै १६ । अमेरिकी किशोरी कोको गोफको ग्राण्ड सलाम यात्रा पहिलो चरणमै समाप्त भएको छ । १६ वर्षकी गोफ युएस ओपन टेनिसको पहिलो चरणमै पराजित भएकी हुन् ।

न्यूयोर्कमा भएको खेलमा कोको ३१ औँ बरियाकी अनास्तासिया सेवास्तोभासँग पराजित भएकी हुन्।

अमेरिकी कोको लात्भियाकी अनास्तासियासँग ६–३, ५–७ र ६–४ को सेटमा पराजित भएकी हुन्।

५१ औँ बरियताकी कोको सन् २०१९ मा युएस ओपनको तेस्रो चरणसम्म पुगेकी थिइन् । त्यसपछि उनी विम्बल्डन टेनिसको अन्तिम १६ मा पुगेकी थिइन् ।

कोको पराजित भए पनि शीर्ष बरियताकी कारोलिना प्लिस्कोभा र छैटौँ बरियताकी पेट्रा वितोभा अघिल्लो चरण प्रवेश गरेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.