गीतकार बमजनको सिमसिम पानीले निथ्रुक्कै भिजायो

१६ भाद्र २०७७, मंगलवार १५:४४

काठमाडौ, भदाै १६ । लोकप्रिय गीतकार भरत बमजनको शब्दमा रापिलो र तापिलाे गायिका जीना रसाइली र अस्मिता श्रेष्ठको आवाजले भरिएको ताजा गीत ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो…’ सार्बजनिक भएको छ ।

लकडाउनको विषम परिस्थितिमा रेकर्ड गरिएको ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो…’ गीतमा बाद्य वादन संयोजक रहेको छ न्हुच्छे महर्जन जुन गीत अहिले रेडियो नेपाल लगाएत देशैभरका विभिन्न सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार र प्रशारण भइरहेको छ।

दर्शक तथा श्रोतामाझ अबको केही दिन पश्चात ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो…’ गीतको सबैलाई नचाउँने गरी धमाकेदार भिज्यूवल गीतीभिडियो बजारमा सर्बत्र आउन लागेको पनि गीतकार बमजनले बताए।

धेरै समयपछि रेडियो नेपालको स्टुडियोबाट लाइभ रेकर्ड गरिएको पहिलो गीत हो यो, जुन समयमा स्वरसम्राट नारायण गोपाल र स्वरकिन्नरी तारादेवीले रेडियो नेपालमा लाइभ गीत रेकर्ड गराउँने गरेका थिए रेडियो नेपालमा।

औरही नगरपालिका-८, टिमकीया (साविकको सोनामाई गाविस-४) महोत्तरी जिल्ला जन्मिएका भरत बमजनले वि.सं. २०४२ सालबाट गीत लेखनकार्यको अध्याय शुरु गरेका थिए भने गीतकार भरत बमजनको गीतसंगीत क्षेत्रमा नामै काफी छ, जसलाई नचिन्ने विरलै पाइन्छन्। गीतकार बमजनले जतिपनि गीत रचना गरेका छन् अति स्तरिय, उत्कृष्ट र चर्चित छन्।

हालसम्म गीतकार बमजनले आधुनिक, लोकदोहोरी, तीज र भजन गरी ७० वटा गीतहरु रचना गरिसकेका छन् ती गीतहरु सबै चर्चित र सुपरहिट छन्। जस्तो कि ‘बैगुनी रैछौ…’ ‘तिमी जति टाढा भएपनि…’, गायिका अञ्जु पन्तको आवाजमा ‘सुरमा सुर मिलाई…, गायिका अञ्जना गुरुङ (हाल अमेरिका) को आवाजमा ‘सिसा भए चर्कि दिन्थेँ…, फूल भए ओइली झर्थेँ…’ माननीय तथा वरिष्ठ गायिका कोमल ओली र भिषण मुकारुङको आवाजमा ‘किन आँखा घुमाउँछौ तुनामा…’, ‘विवस बनायौ तिमीले…’, ‘साँझको घाम जस्तै…’ आदि थुप्रै अनगिन्ति चर्चित गीतहरु छन्।

त्यस्तैगरी गीतकार बमजनले तीज गीतहरु पनि रचना गरेका छन् जसमा चर्चित गायिका इन्दिरा जोशीको आवाज रहेको ‘आयो वरिलै…’ लगायत ५ वटा छन् भने अस्मिता श्रेष्ठको आवाजमा ‘श्रीस्वस्थानी भजन…’ गायिका साेमा खत्रीकाे आवाजमा बुद्धसम्बन्धी भजन र खेलकुद सम्बन्धी ‘खेलाडी हामी राष्ट्रको…’ रचना छन् ।

लोकप्रिय गीतकार बमजन : “मैले जतिपनि गीतहरु लेखेँ ती सबै गीतहरुलाई सारा दर्शक तथा श्रोताहरुले मनमुटुबाटै उत्कृष्ट नै ठहर्याइदिए। दर्शक तथा श्रोताहरुले भरत बमजन राष्ट्रको एउटा उत्कृष्ट दर्जाका गीतकारको रुपमा नाम दर्ज गरिदिएका हुन्।”

साथै अब आउँदाका दिनहरुमा पनि उस्तैगरी जोश जाँगरकासाथ गीत लेखनकार्यलाई निरन्तर दिँदै जाने प्रतिवद्धता व्यक्त गर्दै जुन अहिले रेडियो नेपालबाट लाइभ रेकर्ड गरि बजारमा आएको ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो…’ गीतलाई सबैले सुनेर सल्लाह सुझाव दिन लोकप्रिय गीतकार भरत बमजनले हार्दिक अपिल गरेका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.