चुम्बन गरेकोमा फुटबलरलाई जरीवाना


एजेन्सी, भदौ १६ । इग्युएडरमा एक फुटबल खेलाडीलाई फुटबल चुम्बन गरेको भन्दै सोमबार १२ सय अमेरिकी डलर जरीवाना गरिएको छ ।

इग्युएडरको क्लब औकासका अर्जेन्टिनी मिडफिल्डर सर्जियो लोपेजलाई कोरोना भाइरसको महामारी अवस्थामा चुम्बन गरेको भन्दै जरीवाना गरिएको हो । महामारी विश्व भर फैलिएपछि अबलम्बन गरिएको नयाँ नियम अन्तर्गत उनलाई सजाय सुनाइएको हो । नयाँ नियम अनुसार खेलाडीले भोगेको यो पहिलो कारबाही हो । उनले केही खेलमा प्रतिबन्ध पनि सुनाइएको छ ।
शीर्ष डिभिजन लिग लिगा प्रोको अनुसासन समितिले लोपेजलाई यस्तो कारबाही सुनाएको हो । माराकाविरुद्ध शुक्रबार भएको खेलमा लोपेजले बललाई चुम्बन गरेका थिए । उक्त खेलमा औकासले माकारविरुद्ध १–० को जित निकालेको थियो ।

नयाँ नियम लागू भएसँगै इग्युएडरमा लिग सुरु भएको हो । मार्च महिनाबाट फैलिएको कोरोना भाइरसको महामारीको पाँच महिना पछि अगस्टमा लिग सञ्चालनमा आएको हो । यस्तै लिगमा अन्य पाँच खेलाडीलाई पनि १२ सय अमेरिकी डलर जरिवान गरिएको छ । उनीहरुले खेलको दौरानमा जर्सी फुकालेको विषयमा जरिवाना गरिएको त्यहाको लिग अनुसासन समितिले जनाएको छ । उनीहरु सबैले १६ अगस्टको खेलमा जर्सी उत्रारेका थिए । यस्तै दुई क्लबलाई नयाँ नियमलाई पालन नगरेको भन्दै जरिवाना गरिएको छ । एक क्लबलाई प्राथमिक स्वास्थ सामाग्रि र अर्को क्लबलाई स्यानिटाइजर उपलब्ध नगरएको भनेर जरिवाना गरिएको हो । जरिवाना हुनेमा पोर्तोभेइजो र बार्सिलोना एससि रहेका छन् ।

हाल सम्म इग्युएडरमा १ लाख १४ हजारमा कोरोनाको संक्रमण देखिँदा ६ हजार ६ को ज्यान गएको छ । यस्तै ३ हजार ७ सय मानिस कोरोना भाइरससँग मिल्दो जुल्दो भाइरसका कारण ज्यान गुमाएको त्यहाको आधिकारिक संस्थाले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope