काठमाडौं, भदौ १६ गते । राष्ट्रिय परिक्षा बोर्डका नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा ११ र १२ का विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगीत छिट्टै लिने तयारी भइरहेको बताएका छन् ।

यो सँगै कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिएका छन् । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका हुन ।

पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.