काठमाडौं, भदौ १६ । मंगलबार रातिदेखी लागू हुने गरे नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । सोमबार गरेको निर्णयपछि पेट्रोल २ रूपैयाँले महँगिएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम भएको छ ।

नेपाल आयल निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्याँसको मूल्य भने यथाव रहेको छ ।

भारतबाट नेपालमा आउने इन्धनमा भारतको बजारले घटबढ हुने गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलमा फेरबदल भएको आयल निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैयाँ कायम थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.