काठमाडौं, भदौ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको शुभकामना दिनु भएको छ ।
सांस्कृतिक पर्वले समाज र समुदायका सदस्यबीचको आपसी सम्बन्धलाई नवीकृत गर्नाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास‚ सद्भाव‚ सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने शुभकामना दिनु भएको हो ।
वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस भन्ने शुभेच्छा राष्ट्रपतिको रहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड÷पर्व मनाउन राष्ट्रपतिको आग्रह छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com