वीर अस्पतालको ओपिडी सेवा दुई दिन बन्द

१६ भाद्र २०७७, मंगलवार २०:५२

काठमाडौं, भदौ १६ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि वीर अस्पतालले मगंलबार सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जनाएको छ ।

नेपालको सबै भन्दा जेठो अस्पताल वीर अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थकर्मीमा कोरोनाको संक्रमण देखिएपछि सेवा प्रभावित हुनेभन्दै सेवा वन्द गरेको जनाएको हो । संक्रमणका कारण अस्पतालक ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेका छन् ।

बिरामीको उपचारमा खटिने जनशक्तिको कमी हुँदै गइरहेको छ । कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् । वीरमा ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.