सुचारु भए अन्तर्राष्ट्रिय उडान, आन्तरिक अझै अनिश्चित


काठमाडौं, भदौ १६ । महामारीको चपेटामा परेको अन्तर्राष्ट्रिय उडान मंगलबारबाट सुचारु भएको छ । यद्यपि आन्तररिक उडान भने अझै अनिश्चित रहेको छ ।

सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । सरकारले आज भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको छ ।

यस अघि भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले पीसीआर परीक्षण सहज भएका देशहरूबाट सर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल आउन नेपाली नागरिकलाई सरकारले अनुमति दिएको हो । यस्तै नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी लगायतलाई पनि नेपाल ल्याउने गरी नियमति उडान गर्न अनुमति दिएको छ ।

नियमित उडानबाट नेपाल आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट अनिवार्य हुनुपर्नेछ । कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट भएपछि सीधै आफ्नो घरमा जान पाइनेछ । तर, १४ दिन होम क्वारेन्टिनमा भने बस्ने लिखित प्रतिबद्धता पनि गर्नुपर्नेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope