काठमाडौं, भदौ १७ । नेपालीहरुको खान्कीमा बेसार अपरिहार्य नै मानिन्छ । जतिबेला कोरोनाको कहर सुरु भयो, एन्टिअक्सिडेन्टको रुपमा मानिसहरुले यसलाई धेरै नै प्रयोग गर्न थाले ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही कार्यक्रम र अन्र्तवातामा सर्वसाधारणलाई बेसार प्रयोग गर्नुहोस भनेर उर्दी नै गरे । तर आवाश्यकता भन्दा बढीमात्रामा प्रयोग गरियो भने बेसारले पनि नकरात्मक असर देखिन सक्छ । खानामा सामान्य राखिने बेसारले नकारात्मक असर गर्दैन । तर हाल कोरोनाको सन्दर्भमा जुन मात्रामा बेसारको प्रयोग छ, त्यसले जटिलता ल्याउन सक्ने आयुर्वेद डा.शुभद्रा कार्की बताउनुहुन्छ ।

वेसार प्रयोगका फाइदा र बेफाइदा यस प्रकार रहेका छन् ।

१. शरद ऋतु लागि सकेकाले पर्यावरण र स्वतः मान्छेको शरीरमा प्राकृतिक हिसाबले हीटिंग ९पित्त प्रकुपित हुने ऋतु० हुने हुदा हामीले वसन्त र वर्ष ऋतुमा प्रयोग गरी राखेको डोजमा परिवर्तन ल्याउन जरूरी छ ।

२. यदि तपाइको शरीर गरम प्रकृति को छ भने बेसार प्रयोगमा थप सतर्कता अपनाउनु पर्छ। यस्तोमा बेसारको जस्तै फाइदा गर्ने ल्वांग जसले शरीरलाई तताऊदैन तर बेसारको जस्तै फाइदा गर्छ ।

३. रगत पातलो गर्ने औषधी, एस्पिरिन जस्ता औषधी प्रयोग गर्ने बिरामीले आवश्यक परे आयुर्वेद चिकित्सकसंग सल्लाह गरेर मात्र प्रयोग गर्नु पर्छ ।

४. पिसाब पोल्ने, गाढा पिसाब आउने,पत्थरीको दुखाई बढ्ने, निद्रा कम पर्ने, शरीरमा दाह हुने आदि भएमा बेसारको मात्रा बढी भएको बुझ्नु पर्छ ।

५. आयुर्वेद सामान्य र सरल छ,आफ्नो भान्छा सदियौ देखी प्रयोग गरेको जानेको चीज भनेर मात्रै नि हुदैन।बेसारलाई आहारको रूपमा त जान्नु हुन्छ नै, तर खानाको अलवा औषधीय हिसाबले प्रयोगमा आएको बेसार (इंफ्लामेशन र कंजेसन कम गर्नको लागि) प्रयोग गर्ने क्रममा जागरूक बन्नु होला ।

६. धेरै बेसार खाए धेरै फाइदा पुग्ने भन्ने सोच पनि गलत हो,यदि औषधिय गुण प्राप्त गर्न चाहने हो भने औषधीको निहित डोज हुन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.