काठमाडौं, भदाै १७ । उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज निर्णय हुने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बसेर बुधबार निषेधाज्ञाबारे समीक्षा गर्ने भएका हुन ।
बुधबार बस्ने सिडिओहरूको बैठकले निषेधाज्ञाको समीक्षा गर्ने उनले बताए। निषेधाज्ञाको अवधि लम्ब्याउने वा खुकुलो पार्ने विषयमा पनि बुधबारमात्रै निर्णय हुने उनले जानकारी दिए।
काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न तीनै जिल्लाका सिडिओहरूले भदौ ३ गते राति १२ बजेबाट निषेधाज्ञाको आदेश जारी गरेका थिए।
पहिलो पटक भदौ १२ गतेसम्म लागू भएको निषेधाज्ञा पुनः भदौ १७ गते राति १२ बजेसम्मका लागि थप गरिएको थियो। निषेधाज्ञा जारी गरिएकै अविधमा पनि काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरूको संख्या भने बढिरहेकै छ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com