काठमाडाैं, भदाै १७ । काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिएको छ। यसअघि जारी भएको भन्दा केही खुकुलो पार्दै भदौं २४ गते राति १२ बजेसम्मका लागि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो।

तेस्रो पटक थपिएको निषेधाज्ञामा अत्यावश्यक सेवा तथा कामका लागि १२ वर्ष मुनीका बालबालिका, ६० वर्षमाथिका नागरिकहरू एवम् दीर्घ रोग भएका जुनसुकै उमेरका व्यक्तिहरू घरबाट बाहिर निस्किन रोक लगाइएको छ।

अत्यावश्यक वस्तु वा सेवामध्ये खाद्य वस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु बिक्री वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। 

त्यस्तै विकास निर्माणसँग सम्बन्धित पसल/व्यवसाय साथै छोटी ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न सकिने तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.