काठमाण्डौ, भदाै १७ । राष्ट्रिय टोलीका खेलाडी एरिक विष्ट कोरोना मुक्त भएका छन् ।

तीन साताअघि कोरोना पोजिटिभ देखिएका नेपाली राष्ट्रिय फु्टबल टोलीका खेलाडी एरिक विष्ट कोरोना मुक्त भएका हुन् । बिष्टको पुनः गरिएको पीसीआर रिर्पोट नेगेटिभ आएको हो ।

यसअघि शुक्रबार पाटन अस्पताल ललितपुरले एरिकको नतिजा पोजेटिभ भेटिएको जनाएको थियोे ।

पहिलो चरणको परिक्षणमा एरिकको कोरोना नतिजा पोजिटिभ देखिएको थियो । त्यसपछि होम क्वारेन्टिनमा बस्दै आएका एरिकले भदौ ११ गते टेकु अस्पतालमा पु्नः कोरोनाको परिक्षण गराएका थिए ।

एरिकले मेरोखेल डटकमसँग भने,‘कोरोना जितेको छु अब राष्ट्रको लागि फुटबल खेल्दै जित्ने लक्ष्य छ । कोरोना लाग्दैमा आत्तिनु हुँदैन,कोरोनालाई सजिलै हराउन सकिन्छ । आत्मबल उच्च राख्न आवश्यक छ ।’

बिष्ट नेपालमा कोरोना संक्रमण देखिने खेल क्षेत्रका तेस्रो ब्यक्ति थिए । तीनै जना अहिले कोरोना मुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १ गतेदेखि राष्ट्रिय टोलीको अभ्यास सुरु गर्ने योजना बनाएपछि २८ गते २३ खेलाडीसहित २९ जनाको कोरोना परिक्षण गरेको थियो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.