सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्याे

१७ भाद्र २०७७, बुधबार ११:००

काठमाडौं, भदाै १७ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलाको १२ सय रुपैयाँले सस्तिएर ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो । छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि तोलाको १२ सय रुपैयाँले सस्तिएर ९६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सुन सस्तो बन्दा चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर तोलाको १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

आइतबारदेखि सुनको मूल्य निरन्तर बढेर पुनः तोलाको लाख रुपैयाँतर्फ उन्मुख भएकोमा बुधबार फर्किएको हो ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.