पाकिस्तान र इंग्ल्यान्डबीचकाे सिरिज बराबरी

१७ भाद्र २०७७, बुधबार ०६:०७

एजेन्सी, भदाै १७ । अन्तिम टि-२० मा घरेलु टिम इंग्ल्यान्डलाई ५ रनले पराजित गर्दै पाकिस्तानले तिन टि-२० को सिरिज १-१ को बराबरीमा अन्त्य गरेको छ।

पहिलो टि-२० वर्षाका कारण नतिजाविहिन रहेपछि दोश्रो टि-२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो। यो संगै इंग्ल्यान्डले लगातार ६ वटा टि-२० सिरिज जित्ने चाहनामा पाकिस्तान बाधा बनेको छ। यस अघि टेस्ट सिरिजमा भने इंग्ल्यान्ड १-० ले विजयी भएको थियो।

ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८५ रन बनाउन सकेको हो।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.