सन्दीपकाे टाेली जमैकाविरूद्ध ट्रीनबगोकाे राेमाञ्चक जित
एजेन्सी, भदाै १७। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबगो नाइट राइडर्स ले नेपालका सन्दीप लामिछाने सम्मिलित टाेली जमैका तल्लावहलाइर् १९ रनले पराजित गर्दै अपराजित यात्रालाइ निरन्तरता दिएकाे छ ।
मंगलबार राति सम्पन्न खेलमा जमैका तल्लावहलाई १९ रनले पराजित गर्दै यस सिजनमा आफ्नो अपराजित यात्रा कायम राखेको हो । नाइट राइडर्सले दिएको १८५ रनको लक्ष्य पछाएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउदै १५९ रन मात्र बनाएको थियो । जमैकाका लागि आन्द्रे रसेलले अविजित ५० रन बनाए भने ग्लेन फिलिपले ४१ रन बनाए ।त्यस्तै एन बोन्नरले २६ रन र कार्लोस ब्रेथवेटले २१ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाउदै १८४ रन बनाएको थियो । नाइटराइडर्सका लागि कोलिन मुन्रोले सर्बाधिक ६५ बनाए भने केरन पोलार्दले ३३, सुनिल नारनले २९, लिंडे सिमोन्सले २५ रन बनाएका थिए ।
जमैकाका बलर कार्लोस ब्रेथवेटले २ विकेट लिए भने फिडेल एड्वार्ड्स र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । नेपाली स्पिनर सन्दीपले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । जमैकाले जित हासिल गर्न नसकेपनि सन्दीप जमैकाका सबै भन्दा किफायती बलर समेत बनेका थिए । उनले ४ ओभरमा २० रन दिएर एक विकेट लिए । यस सिजनमा सन्दीपको यो ७ खेलमा १०औ विकेट हो ।
यो जितसँगै नाइट राइडर्स अपराजित हुदै सबै ७ खेल जितेर १४ अंकसहित शिर्ष स्थानमा छ भने जमैका ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक लिएर चौथो स्थानमा रहेको छ । अब जमैकाले अर्को खेल विहिबार साँझ सेन्ट किट्स एण्ड नेभिसविरुद्ध हुदै छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस