काठमाडाैं, भदाै १७ । शेयर बजारमा सूचीकृत ३३ वटा हाइड्रोपावर कम्पनीहरूमध्ये २२ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

आज बजार खुलेको सुरुको करिब साढे दुई घन्टामा नै २२ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।

पछिल्लो समय सस्तो रहेको हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। सूचीकृत अन्य हाइड्रोपावरको शेयरमूल्य पनि उच्च दरले बढेको छ।

केही समय अघिसम्म १ सय रुपैयाँभन्दा तल रहेको हाइड्रोपावर कम्पनीहरूको शेयरमूल्य अहिले १०० रुपैयाँभन्दा माथि उक्लिन थालेको छ। केहि हाइड्रोपावर कम्पनीमा मात्रै १ सय रुपैयाँभन्दा तल शेयरमूल्य रहेको छ।

आजको कारोबारमा अहिलेसम्म नेप्से ३० अंकले बढेर १५१५ पुगेको छ भने साढे ३ अर्ब रूपैयाँ बराबरको कारोबार भइसकेको छ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.