काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसले बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने भुजी खोलामा गएको बाढीपहिरोको घटना प्रति दुःख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले वडा नं। ७, ८ र ९ मा बुधबार राति गएको बाढीपहिरोबाट ११ जना मृत्यु, दुई दर्जन भन्दा बढी व्यक्ति सम्पर्कविहीन र कतिपय व्यक्तिहरु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले बाढीपहिरोमा परी निधन भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
सभापति देउवाले बाढीपहिरोमा बेपत्ता भएकाहरुकोे खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरुलाई तत्काल स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com