बाग्लुङ, भदौ १८ । बाग्लुङ भूजिखोलाको शीर देउरालीमा गएराति ठूलो पहिरो पछि आएको बाढीका कारण १७ जना बेपत्ता भएका छन ।

देउराली गाउका दुई दर्जन घर बगाएको छ । पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नम्बर ८ र ९ मा आएको बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन भएका छन् ।

यस्तै बाढीले, लाकुरीबोटका ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्डमा १, घर बगाएको छ,भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ।

साविक बोबाङमा रहेका ३ वडा जलविघुत आयोजना र ३ वटा झोलुँगेपुलसमेत बगाएको स्थानीयले जानाकारी दिए ।

अहिले बेपत्ताको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाससिंह भण्डारीले जानकारी दिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.