काठमाडौं, भदाै १८ । बिहीबार सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । सुन तोलामा ७ सय रुपैयाले घटेको छ ।

गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । बुधबार तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । बुधबार तोलाको ९६ हजार ७ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ ।

बुधबार हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.