रावाखोलाको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो


काठमाडौं, भदौ १८ । खोटाङको केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

उक्त गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको तीन मेगावाट क्षमताको जलविद्युत आयोजनालाई दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइनअन्तर्गत बुइपामा सञ्चालित सब–स्टेसनमा जोडिएको हो ।

रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको हो ।

राष्ट्रिय बाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युत्को काम सम्पन्न भएको जनाइएको छ ।

विसं २०६८ देखि उत्पादनको पहल थालिए पनि २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाका लागि कन्सट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।

दुुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा सानाठूला गरी दर्जनभन्दा बढी जलविद्युत् योजना सञ्चालनमा रहेका छन् । उक्त विद्युत्लाई एकीकृत गरेर केन्द्रीय प्रसारणलाइनमा जडान गर्ने तयारी गरिए पनि काम अगाडि बढेको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope