राहत बोकेर गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान

१८ भाद्र २०७७, बिहीबार १२:०८

काठमाडौं, भदौ १८ । भारी वर्ष पछि आएको बाढीपिडितका लागि राहत सहित गृहमन्त्री रामबहादुर थापा बिहीबार दिउसो बाग्लुङ पुगेका छन ।

ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटमा बाढीरपहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री थापा ‘बादल’ सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र गएका छन् । गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर गृहमन्त्रीको टोली उक्त क्षेत्रमा पुगेको हो ।

ढोरपाटनमा गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । हालसम्म पहिरोमा १३ जना हराइरहेका छन् । मृतकमध्ये एकजनाको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेहरुमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विकको सनाखत भएको छ । यस्तै अन्य केही मानिसहरु हराइरहेका छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.