काठमाडौं, भदौ १८ । अन्तर्राष्ट्रिय उडान खुलेसँगै सरकारले वैदेशिक रोजगारीका लागि सबै खालका श्रम स्वीकृति खुल्ला गरेको छ ।

बुधबार वैदेशिक रोजगार विभागले श्रम स्वीकृति खुल्ला गरेको जनाएको हो । स्वीकृति खुलाइए पनि विभागले सर्वसाधरणका लागि शत राखेको छ ।

यस्ता छन शर्तहरु

१. २०७६ फागुन २९ गते पहिले मागपत्र प्रमाणित भएर पूर्व स्वीकृति लिएकाको हकमा अन्तिम स्वीकृति लिनका लागि विदेशका रोजगारदाताको नो अब्जेक्सन प्रमाण पत्र आवश्यक पर्नेछ । यस्तो प्रमाण पत्र हालै जारी भएको र सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट प्रमाणित गराएर पेश गर्नु पर्नेछ ।

२. यस्तै पूर्व स्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ माग पत्रको हकमा नो अब्जेक्सन प्रमाण पत्र पेश गर्नु पर्नेछ । नयाँ व्यक्तिगत श्रम स्वीकृति लिनका लागि रोजगारदाता कम्पनीले आधिकारिक इमेलबाट हालै जारी भएको नो अब्जेक्सन लेटर वैदेशिक रोजगार कार्यालयको इमेलमा पठाउनु पर्नेछ ।

सरकारले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा श्रम स्वीकृति दिन बन्द गरेको थियो । पुनः श्रम स्वीकृति भने यस अघिनै खुलिसकेको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.