ललितपुरमा भोलि बिहानैदेखि कर्फ्यू
काठमाडौं, भदाै १८ । ललितपुरमा भोलि बिहानदेखि कर्फ्यू लगाउने निर्णय गरिएको छ।
भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको हो।
बिहीबार स्थानीयले निषेधाज्ञा तोड्दै पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथको रथ तानेपछि पुल्चोकमा स्थिति तनावग्रस्त बनेकाे थियाे ।
साेही क्रममा प्रहरी र स्थानीयबीच झडप भएकाे थयाे । झडपमा ट्राफिक प्रहरी घाइते भएका थिए ।
कोरोना महामारीको बेवास्ता गर्दै हजारौं मानिस भेला भएर रथयात्रा सुरु गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
बिहान युवाको भिडले रथ तानेर बीच सडकमा ल्याएका थिए । त्यसपछि हजारौं मानिस रथयात्रामा सामेल भएका थिए ।
प्रहरीलाई ढुंगा र इँटा प्रहार भएपछि प्रहरीले पनि पानीको फोहोरा प्रहार गरेर भीड तितरवितर पारेको थियो ।
झडपमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट भएका छन् । बिहीबार ट्राफिकमाथि कुटपिट गर्ने ९ जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरिएको हो। उनीहरूमाथि अनुसन्धान भइरहेको राईले बताए।
पक्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य, ३२ वर्षीय श्याम श्रेष्ठ र ४० वर्षीय यादवलाल कायस्थ छन्।
प्रहरीले उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा चलाउन सकिने बताएकाे छ। घाइते जवान घिमिरेको अहिले ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस