एजेन्सी, भदाै १९ । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन् ।
बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ५१ औं मिनेटमा टिमो वार्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो । गोसेन्सको पासलाई सदुपयोग गर्दै वार्नरले जर्मनीलाई अघि बढाएका थिए । वार्नर भर्खरैमात्र ५४ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सीसंग आबद्ध भएका छन् ।
हारतर्फ उन्मुख स्पेनले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । रोड्रिगोको पासमा जोसे गायाले खेलको अन्तिम मिनेटमा स्पेनकालागि बराबरी गोल फर्काएका थिए ।
प्रिमियर लिगको नवप्रवेशी क्लब लिड्समा क्लबको कीर्तिमानी २६ मिलियन पाउण्डमा आबद्ध भएका स्पेनका फरवार्ड रोड्रिगोले दुई सुन्दर अवसर गुमाएका थिए ।
दुवै टिम झण्डै १० महिनापछि अन्तराष्ट्रिय फुटबलमा फर्किएका हुन् ।
स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी एनरिकले दोस्रो पटक सम्हालेका हुन् । बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेले खेलमार्फत राम्रो संकेत दिएका थिएका छन् ।
म्यान्चेष्टर सिटीमा आबद्ध नयाँ खेलाडी फेरन टोरेसको प्रर्दशन नयाँ थिएन । झण्डै २० मिलियन पाउण्डमा सिटी गएका टोरेसले आत्मविश्वासका साथ खेल प्रर्दशन गरेका थिए ।
दोस्रो हाफमा उनको स्थानमा बार्सिलोनाका युवा स्टार अंशु फातीले डेब्यु गरेका थिए । १७ बर्षको उमेरमा फातीले स्पेनको राष्ट्रिय टिमबाट डेब्यु गरेका हुन् ।
स्पेनका गोलकिपर डी जियाले केही राम्रा प्रहारलाई जोगाएका थिए ।
सन् २०१० को विश्वकप फाइनलपछि युरोपेली फुटबलका दुई पावर हाउस देश पहिलो भेटेका हुन् ।
जर्मनीको टिममा गत महिना च्याम्पियन्स लिगको उपाधि जितेका अधिकांश खेलाडी समावेश थिएनन् ।
सोही समूहको अर्को खेलमला युक्रेनले स्विटजरल्याण्डलाई २–१ ले हराउँदै ३ अंक बटुल्यो ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com