‘भारतले चीनसँग गडबडी गरे भारी मूल्य चुकाउनुपर्छ’

१९ भाद्र २०७७, शुक्रबार ०५:५५

एजेन्सी, भदाै १९ । चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले भारतले चीनसँग गडबडी गरे भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

भारतसँग चलिरहेको सीमा विवाद र पछिल्लो परिस्थितिसँग जोडेर एक विश्लेषणात्मक लेखमार्फत सो अखबारले उक्त चेतावनी दिएको हो । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र रूमा चिनिने गरेकाे छ । सो लेखमा भारतले चीनसँग संघर्ष जारी राखे त्यसको मूल्य महंगो पर्ने जनाइएको छ ।

सोही परिस्थितिलाई मध्यनजर गर्दै अखबारले सैन्य आपूर्तिको भारी भरकम लागत देख्दा भारतले त्यस्तो आक्रामक मनोवृति देखाउनु बेकार रहेकाे जनाएकाे छ । चीनसँगको द्वन्द्वले भारतको वैदेशिक सहयोगलाई मात्र हानी नगर्ने, औधोगिक आपूर्तिको श्रृंखलामा समेत असर पर्ने उक्त अखबारले उल्लेख गरेकाे हाे । यसले भारतीय बजारप्रतिको भरोसालाई कमजोर पार्छ र लगानी व्यापार टाढा पुग्नेछ । भारतले युद्धको छायाँको आर्थिक प्रभाव कस्तो हुन्छ भनेर मूल्याङकन गर्न समेत तयार हुनुपर्ने सल्लाह समेत दिएकाे छ ।

त्यस्तै भारतीय अर्थतन्त्र भारी मात्रामा घरेलु खपत र निर्यातमा निर्भर रहेको जनाउँदै अखबारले कोरोना महामारीका कारण अधिकांश भारतीयहरुको आम्दानी घटेको दाबी गरेको छ । अखबारले लेखेको छ– ‘धेरै मानिसहरुले आफ्नो जागिर गुमाइरहेका छन्, त्यसैले उनीहरुको खरिद शक्ति पनि घटेको छ भने विदेशमा भारतीय वस्तु र सेवाको मागमा पनि गिरावट आएको छ ।’ यस्तो परिस्थितिमा भारतले अझै जटिलता थप्न मूर्खतापूर्वक चीनसँग सीमा विवाद सृजना गरेको दाबी गरिएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.