आफ्नो आङको भैंसी देख्दिन म अर्काको आङको जुम्रो
अर्काको बाली सप्रेको, उसको ओठमा खुशी छाएको
असह्य हुन्छ मलाई किनकी म डाह हुँ । मलाई सल्लाह
धारिलो छुराले प्रहार गरे झै लाग्छ र बहौलाउँछु ।
मेरो रिसले बिबेक गुमाउँछ। म मेरो गतिमा बग्न छोड्छु ।
गोमन साँपले झै फँडा फुलाउदै मलाई सबलाई डस्न मन लाग्छ।
भेटे अरु नभेटे आफैलाई डस्छु । ढुक्क हुन्छ बिष बमन भएपछी
किनकी म डाह हुँ । मैले यसरी नै एक एक गर्दै
साथिहरु सत्रुहरु बनाईसके । मलाई सबको
प्यारो हुन मन छ । छ कुनै अमृत जुन म पिउन सकौं ?

Poem by Tulasi Acharya

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.