वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता प्रदान, विद्याललाई शुल्क उठाउन बाटाे खुल्याे

१९ भाद्र २०७७, शुक्रबार १९:०२

काठमाडाैं, भदाै १९ ।  शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएको छ । योसँगै निजी विद्यालयलाई शुल्क उठाउने बाटो खुलेको छ ।

मन्त्रालयले शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिने निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको संक्रमण लामो समय रहने भएकाले रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य माध्यमबाट हुने सिकाइलाई औपचारिक मान्यता दिइने बताए ।

शुक्रवार भर्चुअल पत्रकार सम्मेलनका क्रममा पोखरेलले विद्यालय सञ्चालनमा अवरुद्ध हुँदा विद्यार्थीको सिकाइ अवरुद्ध हुने भन्दै उनले वैकल्पिक सिकाइ बढाउन अझ भूमिका खेल्ने  पनि बताए ।

शिक्षामन्त्री पोखरेलका अनुसार मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ पनि संशोधन गरेको छ । उनले भने, ‘वैकल्पिक विधिबाट हुने पढाइलाई मूल बनाउन नयाँ ढंगले निर्देशिका परिमार्जन गरेका छौं ।’

अब निजी विद्यालयले पनि विद्यार्थीबाट शुल्क लिएर अनलाइन पढाउन पाउने भएका छन् । यसका लागि भने स्थानीय तहबाट अनुमति लिएर शुल्क लिन पाउने व्यवस्था गरिएको शिक्षामन्त्री पोखरेलले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.