काठमाडाैं, भदाै २० । हाल प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भई बांकी प्रदेशहरुमा आंशिक देखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश,   गण्डकी प्रदेश,  प्रदेश नं ५ र  सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
भाद्र २० गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षा को सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही  केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १, गण्डकी प्रदेश, तथा  प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २१ गते (आईतबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश तथा  गण्डकी प्रदेशका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र २२ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली  रहि केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  प्रदेश १, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  प्रदेश १ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १,  बाग्मती प्रदेश,गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदुर पश्चिम प्रदेशका  एक वा दुई स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.