काठमाडौं, भदाै २० । बार्सिलोनाका कप्तान लियोनल मेस्सी थप एक सिजन बार्सिलोनामै बस्ने भएका छन् ।

सर्वकालीन सर्बाधिक गोलकर्ता मेस्सीले क्लब छाड्न चाहेको बताएको दश दिनपछि आफू बार्सिनोना मै बस्ने बताएका हुन् ।

बार्सिलोना र ला–लिगाले कुनै पनि क्लबले ७ सय मिलियन यूरोको क्लज नतिरी मेस्सीलाई भित्राउन नपाउने बताएसँगै मेस्सी थप एक सिजनका लागि बार्सिलोनामै बस्न लागेका हुन् ।

अन्ततः लियोनल मेस्सी एक सिजनको लागि बार्सिलोनामै रहने भएका हुन । उनले क्लब छाडेर जान चाहेको १० दिनपछि २०२०/२१ सिजन बार्सिलोनामा बिताउन राजी भएका हुन्।

क्लबलाई मंगलबार फ्याक्स पठाउँदै उनले आफनो करारमा नयाँ धारा प्रयोग गर्न चाहेको कुरा उल्लेख गरेका छन् जहाँ उनलाई निःशुल्क स्थानान्तरणको सहमती दिनुपर्नेछ। तर क्लबले ७ सय मिलियन युरो रिलिज क्लज दिनुपर्ने माग राखेको थियो।

  ‘कुनै पनि टोलीले मेरो रिलिज क्लज तिर्न असम्भव छ। र म क्लबलाई अदालतसम्म लग्न चाहन्न्।’ गोलसँग कुरा गर्दै मेस्सीले भनेका छन् ‘मैले क्लब, अध्यक्षलाई भने कि म जान चाहन्छु। म हरेक वर्ष भन्दै आएको छु। मैले सोच र म निश्चित छु कि म स्वतन्त्र छु।’

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.