एजेन्सी, भदाै २० । रूसले बनाएको भनिएको कोभिड-१९ विरूद्धको भ्याक्सिन ‘स्पुतनिक-भी’ सुरक्षित भएको अनुसन्धाताहरूले दाबी गरेका छन्।

ल्यानसेट जर्नलमा प्रकाशित एक अध्ययनले रुसले गत महिना सफल परीक्षण गरेको दाबी गरिएको सो भ्याक्सिन सुरक्षित दाबी गरिएको समाचार टाइम्स अफ इन्डियाले प्रकाशन गरेको छ। 

७६ जनामा गरिएको अध्ययनमा सो भ्याक्सिनले मानिसमा कुनै पनि गम्भीर समस्या बिना नै शरीरमा एन्टिबडी वृद्धि गराएको दाबी गरिएको छ।

शुक्रबार लान्सेन्टले एन्टीबडीमा वृद्धि गरेको उल्लेख गरेको हो।

सो अध्ययनले प्रारम्भिक चरणमा भ्याक्सिनका दुई फर्मुलेसनले ४२ दिनभित्रै राम्रो नतिजा दिएको जर्नलमा उल्लेख गरिएको छ।

अध्ययन गरिएका सबैमा२१ दिनभित्रै एन्टिबडी वृद्धि भएको बताइएको छ। 

यसैगरी यसले २८ दिनभित्रै टी-सेलसमेत निर्माण गर्ने अनुसन्धाताहरूले बताएका छन्।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.